काभ्रे — काभ्रेको भुम्लु गाउँपालिका–८, पौवा स्थित भित्री सडक खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन्। रामेछाप डोरखानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनाको बेला बसमा ३२ जना यात्रु सवार थिए। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। सबै घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।