काठमाडौँ । संघीय संसद सचिवालयले जेनजी युवाको प्रदर्शनका क्रममा लुटिएका सामग्री फिर्ता गर्न आग्रह गरेको छ।
सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले आइतबार सार्वजनिक सूचना जारी गर्दै प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिनलगायतका विद्युतीय उपकरण अनधिकृत व्यक्तिहरूले लगेको भन्ने जानकारी आएको जनाएको छ।
सचिवालयले यस्ता सामग्री रहेको स्थान वा व्यक्तिबारे जानकारी भए तुरुन्तै सूचना दिन आग्रह गरेको छ। साथै, उक्त सामग्री लगिएको भिडिओ वा प्रमाण उपलब्ध गराउने व्यक्तिको परिचय गोप्य राखिने पनि जनाएको छ।
भदौ २४ गते जेनजी युवाको प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवन र परिसरमा रहेका सवारीसाधनमा तोडफोड, आगजनी र लुटपाट भएको थियो।















