कैलालीको धनगढीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट २४ वर्षीय आकाश राना पक्राउ परेका छन्। उनको साथबाट २ ग्राम २८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
त्यसैगरी धनगढी उपमहानगरपालिका-२ त्रिनगर व्यारेलबाट डोटी दिपायल सिलगढी नगरपालिका-४ बस्ने ३२ वर्षीय दिपेन्द्र वड पक्राउ परेका छन्। उनको साथबाट ६४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
दुवै घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।














