सहकारी ठगी तथा सङ्गठित अपराध अभियोगमा थुनामा रहेका रवि लामिछाने र तत्कालीन गोर्खा मिडिया का सञ्चालक छविलाल जोशी को मुद्दामा आज पेसी तोकिएको छ।
उच्च अदालत बुटवल का अनुसार आजका लागि मुद्दाको पेसी चढाइएको हो। यसअघि उक्त मुद्दा गत हप्ता ‘हेर्न नमिल्ने’मा परेको थियो। त्यसभन्दा अघि दुई पटक रवि लामिछाने पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएपछि बहस रोकिएको थियो।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको भनिएको आफ्नो हिस्साको बिगो रकम भने दाखिल गरिसकेका छन्।
तर जिल्ला अदालत रुपन्देही का न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो। उक्त आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालत बुटवलमा निवेदन दर्ता गराएका थिए।
मुद्दाको आजको पेसीले यस प्रकरणमा आगामी कानुनी दिशानिर्देश तय गर्ने अपेक्षा गरिएको छ।














