चितवन — चितवनको खैरहनीमा बोलेरो गाडीको ठक्करबाट एक युवकको ज्यान गएको छ।
ज्यान गुमाउनेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–११ निवासी ३१ वर्षीय राम अवतार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति खैरहनी नगरपालिका–१ शाहीचोकमा ना ३ च ६६१० नम्बरको बोलेरो गाडीले पैदलयात्री अवतारलाई ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामै उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज लगिएको थियो तर उपचारका क्रममा राति नै उनको मृत्यु भयो।
ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।