सुनसरी — सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना बालक बेपत्ता भएका छन्।
भोक्रहा नरसिंह गाउँपालिका–१ निवासी रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश मेहता नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाले जानकारी दिएका छन्।
डीएसपी खतिवडाका अनुसार तीन जना बालकहरू नदीमा नुहाउन गएका थिए, जसमध्ये दुई जना सकुशल बाहिर निस्कन सफल भए पनि दीपेश भने बेपत्ता भएका हुन्।
बेपत्ता बालकको खोजी कार्य नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा गरिरहेको जनाइएको छ। नदीमा बहाव तीव्र भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ।