Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

सुनको भाउ बढेको बढ्यै

DailekhKarnali-Admin by DailekhKarnali-Admin
शनिबार, कार्तिक ३, २०८१
in FEATURED, अर्थ, समाचार
419 4
A A
0
सुनको भाउ बढेको बढ्यै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय सुनको भाउ बढेको बढ्यै छ। सुनको भाउले नयाँ माथि नयाँ रेकर्ड बनाउँदै गएको छ। यो हप्ता मात्रै सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय पुगेको छ। सुनको भाउ २ लाखसम्म पुग्ने अन्तर्राष्ट्रिय बजारको आंकलन छ।  बिहीबार १ लाख ६२ हजार ४ सय रहेको सुन शुक्रबार प्रतितोला २ हजारले बढेको हो। 

You might also like

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

दसैंपछि खुलेको बजारमा सुन प्रतितोला १ लाख ६० हजार ५ सय थियो। एक सातामै सुन प्रतितोला ३ हजार ९ सयले बढेको छ। दसैंअघि असोज २३ गते सुन १ लाख ५९ हजार १ सय थियो। चाँदी भने प्रतितोला १ हजार ९ सय ८० रहेको छ। अन्य धेरै कारणसँगै अमेरिका र युरोपका राष्ट्रिय बैंकहरूले ब्याजदर घटाउँदा त्यसको असर सुनमा देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले जानकारी दिए।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य अन्तर्राष्ट्रिय बजारमा नै सुनको माग बढ्दा भाउ बढेको बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स (२.६६ तोला) करिब २७ सय अमेरिकी डलर छ। सन् २०२७ सम्म ३ हजार प्रतिआउन्स पुग्ने अन्तर्राष्ट्रिय प्रक्षेपण सन् २०२५ मै पूरा हुने शाक्य बताउँछन्। आगामी ५–६ महिनाभित्र नेपालमा नै सुनको मूल्य प्रतितोला करिब २ लाख पुग्ने उनी बताउँछन्।

संसारभर नै अशान्ति भइरहेकाले ठूला लगानीकर्तालाई लगानीका बाटा धेरै नहुँदा सुनमा आकर्षण बढेको उनी बताउँछन्। ‘मान्छेले आफ्नो क्रयशक्ति बचाउन सुनमा लगानी गर्छन्। अन्तर्राष्ट्रिय बजारमा आर्थिक क्षेत्र डामाडोल भइरहेको अवस्थामा लगानीको क्षेत्र नहुँदा सुनमा लगानी बढेको हो’, उनी भन्छन्। अन्तर्राष्ट्रिय सेयर बजार तल झर्नु, बन्ड तथा बैंकहरूमा ब्याजदर घटाउँदा, डलरको उतारचढाव, पेट्रोलियममा पनि लगानी नगर्नु लगायतका कारणहरूले पनि सुनको माग बढाएको शाक्य सुनाउँछन्।

मध्यपूर्वी एसियामा भइरहेको द्वन्द्व सुनको मूल्यवृद्धिको कारण बनिरहेको छ। इजरायल र हमासबीच जारी द्वन्द्व, लेबनानसँग पनि द्वन्द्व छेडेको र इरानलगायतका देशहरूले पनि के गर्छन् भन्ने अन्योलको स्थिति रहेको हुँदा सुरक्षित लगानीको रूपमा सुनलाई लिइएको शाक्यको विश्लेषण छ । 

अमेरिकी मुद्राको उचारचढावले पनि सुनमा लगानी बढाएको महासंघ अध्यक्ष रसाइली बताउँछन्। ‘करिब ५८ देशहरूले आर्थिक कमिटी गठन गरेर, उनीहरूले आफ्नै मुद्रा बनाउने र अमेरिकी मुद्राको प्रचलन घटाउने भनेर लागेका छन्,’ उनले भने। छिमेकी राष्ट्रहरू चीन, भारत तथा रसियाले धेरै मात्रामा सुनको खरिद गरी सञ्चिति बढाउँदा पनि सुनको भाउ बढेको उनको भनाइ छ। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा आन्तरिक बजारमा मागमा संकुचन आएको अध्यक्ष रसाइलीले बताए। उनका अनुसार प्रतिदिन करिब ४० किलोको सुनको बजार अहिले करिब १२–१५ किलोमा सीमित भएको छ। गत वर्षको चाडपर्व र अहिले चाडपर्वमा सुनको खपत घटेको उनी बताउँछन्। ‘कारोबार बराबर देखिएको छ किनभने सुनको भाउ बढेको छ। तर, नयाँ सुनभन्दा पनि पुरानै सुनलाई बनाउने र विदेशबाट आउँदा ल्याउने २६ ग्राम र ५० ग्रामको सुनबाट नै गहना बनाउने चलन बढेको छ,’ रसाइलीले भने। खपत घट्नुको कारणमा सुन आयातमा लाग्ने भन्सार दर पनि मानिएको छ। भारतमा सुन आयातमा ६ प्रतिशत लाग्ने भन्सार दर नेपालमा २० प्रतिशत छ। यसले गर्दा सिमाना जोडिएका स्थानमा भारतमा नै गएर सुन तथा गहना किन्ने प्रचलन बढेको रसाइली सुनाउँछन्। 

केन्द्रीय बैंकले २० किलोको कोटा दिएको छ तर अहिले त्यति पनि खपत हुन नसेकेको देखिन्छ। महासंघले भने कोटा वृद्धि गरी ३० किलो बनाउन माग गरेको छ। सरकारसँग भन्सार दर घटाउन माग गरिरहेकाले दर घटेपछि नेपालमा नै सुन सस्तो हुन्छ र यसले खपत बढाउने हुँदा कोटा बढाउन जरुरी रहेको अध्यक्ष रसाइलीको भनाइ छ।

Previous Post

दाङको बंगलाचुलीमा टिप्पर दुर्घटना : चालकको मृत्यु

Next Post

पश्चिमी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
Next Post
लुम्बिनीसहित ३ प्रदेशबाट मनसुन बाहिरियो

पश्चिमी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

दाङमा एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन

दाङमा एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन

शुक्रबार, मंसिर ७, २०८१
लमहीमा बस दुर्घटना  २२ जना घाइते २ जनाको अवस्था गम्भीर

लमहीमा बस दुर्घटना २२ जना घाइते २ जनाको अवस्था गम्भीर

बिहिबार, मंसिर २५, २०८२

Don't miss it

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In