काठमाडौँ – राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा–भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह–कानुनमन्त्री ओमप्रकाश अर्याललाई शपथ गराएका हुन्।
घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ।














