काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित खहरे थापागाउँमा एक महिलाको हत्या भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पूर्णिमा चन्दका अनुसार ६८ वर्षीया पवित्रा केसीको हत्या आरोपमा ३२ वर्षीय सरोज थापा पक्राउ परेका छन्। थापागाउँ घर भएका सरोजले दाउराको चिर्पटले टाउकामा हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
हत्या भएको कारण भने अझै स्पष्ट भएको छैन। मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।










