ललितपुर – नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार सानेपाबाट नियन्त्रणमा लिएर नख्खु कारागारमा बुझाएको सीआईबीका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका शर्मा यसअघि पनि १२ असार २०८० मा भारतको मुम्बईबाट पक्राउ परेका थिए। उनीविरुद्ध २२ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा समेत दर्ता छ।














