काठमाडौं – जेन जी आन्दोलनपछि रोकिएका औद्योगिक सम्पत्ति सम्बन्धी मुद्दाहरुको सुनुवाइ ११ कात्तिकदेखि पुनः सुरु हुने भएको छ। औद्योग विभागका अनुसार पेटेन्ट, डिजाइन र ट्रेडमार्क सम्बन्धी मुद्दाहरुका लागि ११ कात्तिकबाट पेशी सूची तयार पार्ने र त्यसपछि सोमबारदेखि बिहीबारसम्म नियमित इजलास सञ्चालन गर्ने तयारी गरिएको हो।
विभागमा २४ भदौमा भएको आगजनी घटनाबाट सेवा प्रभावित भएको थियो। त्यसपछि पनि विभागले २१ असोजदेखि अधिकाश सेवा सुचारु गरे पनि औद्योगिक सम्पत्तिसम्बन्धी मुद्दाको सुनुवाइ भने रोकिएको थियो।विभागले अब सबै किसिमका औद्योगिक सम्पत्तिसम्बन्धी मुद्दाहरुलाई नियमित रूपमा सुनुवाइ प्रक्रियामा लैजाने तयारी गरेको जनाएको छ।












