प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने प्रतिबद्धता जनाएकी छन्।
मंगलबार बालुवाटारमा जेनजी आन्दोलनका घाइतेहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सरकार प्रक्रियासम्मत ढंगले काम गर्ने र कानुनी सीमाभन्दा तल नजाने स्पष्ट पारिन्।
उनले जेनजी आन्दोलनले दिएको म्यान्डेटअनुसार अघि बढ्ने र सरकारले तोकेको समयमा नै निर्वाचन सम्पन्न गर्ने बताइन्। साथै भ्रष्टाचारको अनुसन्धानमा राज्यका स्थापित निकाय तीव्र गतिमा सक्रिय रहेको उल्लेख गर्दै उनले दण्डहीनता अन्त्यतर्फ सरकार गम्भीर रहेको जानकारी दिइन्।
छलफलमा सहभागी जेनजी आन्दोलनका घाइतेहरूले भ्रष्टाचारी र दमनकारी शक्तिहरूमाथि कठोर कारबाही गर्न सरकारलाई आग्रह गर्दै यदि भ्रष्टाचारविरुद्ध ठोस कदम नचालिए फेरि सडकमा उत्रिने चेतावनी दिए।
त्यस्तै सञ्चारमन्त्री जगदीश खरेलले आन्दोलनपछि अघिल्लो सरकार र प्रतिनिधिसभा विस्थापित भए पनि पुरानै संरचनाका कारण काम गर्न असहज भइरहेको बताएका छन्।

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com














