बुढानीलकण्ठ नगरपालिका–१० को वडा कार्यालयमा भएको तोडफोड र आगजनी प्रकरणमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति बुढानीलकण्ठ नगरपालिका–१२ दुलालचोकका ४६ वर्षीय प्रेम कार्की रहेको प्रहरीले जनाएको छ। उनलाई प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
गत २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कार्कीले वडा कार्यालयमा तोडफोड र आगजनी गरेको आरोप लागेको छ। पक्राउ परेका उनलाई अहिले बौद्ध प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














