डोटीमा एक महिला शिक्षक मृत फेला परेकी छन्। पुर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया जानकी खड्का आफ्नै घर नजिक झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार मृतक खड्का बाजुराको बुढीगंगा नगरपालिका–५ मा अवस्थित भानोदय माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका थिइन्।
घटनापछि प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाएको छ। यस क्रममा शिक्षा समन्वय इकाई डोटीमा कार्यरत शिक्षा अधिकृत गणेश रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रावलमाथि आत्महत्या दुरुत्साहनको आरोपमा थप अनुसन्धान जारी रहेको बताइएको छ।
स्थानीयले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।













