बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारमा आज दिउँसो आगलागी भएको छ। बजारको एक पसलबाट सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय मार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार आगलागी आज दिउँसो करिब १२:२० बजे सुरु भएको हो। बजारमा दमकल नहुँदा आगो निभाउन कठिनाइ भएको र प्रहरी तथा स्थानीयवासीले उपलब्ध स्रोतसाधन प्रयोग गरेर आगो नियन्त्रणको प्रयास जारी राखेको बताए।
हालसम्म आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।














