कैलाली – चेक अनादर मुद्दामा फरार रहेकी एक युवतीलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ। जिल्ला अदालत कैलालीको फैसलाअनुसार १ महिना कैद सजाय र १ हजार रुपैयाँ जरिवाना तोकिएकी धनगढी उपमहानगरपालिका-२ बस्ने २२ वर्षीया सिता कुमारी शाहीलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले बुधवार शाहीलाई उनको घरबाटै पक्राउ गरेको हो। अदालतबाट लागू भएको सजाय कार्यान्वयन नगरी फरार रहेकी शाहीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।














