काठमाडौंको कोटेश्वरस्थित महादेवस्थापन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बैजुहरि भट्टराई बागमती नदी किनारमा मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार ५२ वर्षीय भट्टराईलाई शंखमुलतर्फको बागमती किनारमा स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
प्रारम्भिक अनुसन्धान अनुसार उनी मदिरा सेवन गरेको अवस्थामा सडकबाट बागमती किनारतर्फ खसेर मृत्यु भएको अनुमान प्रहरीले गरेको छ। तर घटनाबारे थप विस्तृत अनुसन्धान जारी रहेको बताइएको छ।
बैजुहरि भट्टराई पञ्चशील सहकारीका ऋण अधिकृत समेत रहेकाले घटनाले स्थानीय क्षेत्रमा थप चासो र चर्चा पैदा गरेको छ।













