कञ्चनपुरका २४ वर्षीय विद्यार्थी स्वर्गीय विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले शालिक स्थापना गर्ने निर्णय गरेको छ। प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका क्रममा ज्यान गुमाएका विपिनको घर जाने सडक-पूर्वपश्चिम राजमार्ग र ब्रह्मदेव लिङ्क सडक जोडिने मुख्य चोकलाई ‘विपिन जोशी चोक’ नामकरण गरी सोही स्थानमा शालिक निर्माण गरिनेछ।
भीमदत्त नगरपालिका-३ का वडाध्यक्ष गगन धामीका अनुसार कार्यपालिकाले शालिक निर्माणका लागि हाल रु २ लाख बजेट विनियोजन गरिसकेको छ। कार्यपालिकाबाट विपिनको स्मृतिमा चोक नामकरण र शालिक बनाउने निर्णय भएको छ अध्यक्ष धामीले भने अहिले विनियोजित रकम पर्याप्त नभएकाले आगामी आर्थिक वर्ष थप बजेट छुट्याएर शालिक स्थापना कार्य पूर्णता दिइनेछ।
यसअघि भीमदत्त नगरपालिकाका नगरप्रमुख **पदम बोगटी**ले पनि स्वर्गीय विपिन जोशीको स्मृतिमा शालिक स्थापना गर्ने प्रतिबद्धता जनाइसकेका थिए।














