कञ्चनपुर कारागारमा शुक्रबार दिउँसो कैदीबन्दीबीच भएको झडपमा सात जना घाइते भएका छन्। कारागारभित्र भएको आपसी झडपका क्रममा उनीहरू घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा किरण सिंह, करण कुँवर, दिनेश कुँवर, राजेन्द्र सुनार, संजिव भण्डारी र जनक खड्का रहेका छन्। जसमध्ये किरण सिंह, करण कुँवर, दिनेश कुँवर र राजेन्द्र सुनारको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
गम्भीर घाइते भएका चार जनाको महाकाली प्रादेशिक अस्पताल मा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
झडपको कारण र घटनाको विस्तृत विवरणबारे अनुसन्धानपछि थप जानकारी सार्वजनिक गरिने प्रहरीले जनाएको छ।














