Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

आश्विन शुक्ल षष्ठी :  कात्यायनी देवीको पूजा आराधना गरिँदै

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बुधबार, अशोज २३, २०८१
in FEATURED, जीवन शैली, समाचार
418 5
A A
0
आश्विन शुक्ल षष्ठी :  कात्यायनी देवीको पूजा आराधना गरिँदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

You might also like

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ । यस्ती देवीको आज विशेष पूजा आराधना गरिन्छ ।

नवरात्रको पहिलो दिन यही असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन शुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन आइतबार र पाँचौँ दिन सोमबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

दुवै दिन सूर्योदय कालमा चौँथी तिथि परेकाले दुवै दिन कुष्माण्डा देवीको पूजा आराधना गर्नुपर्ने शास्त्रीय नियम भएकाले त्यसैअनुसार गरिएको हो । आश्विन शुक्ल षष्ठीका दिन मङ्गलबार स्कन्दमाता देवीको पूजा आराधना गरियो ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । कतै भने कुल परम्पराअनुसार विजयादशमीका दिनमामात्र लगाउने प्रचलन पनि छ । शास्त्रीय रुपमा दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रुपमा जमरा टीका लगाउन सकिने व्यवस्था रहेको धर्मशास्त्रविद् समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व धुमधामका साथ मनाउँछन् ।

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, दक्षिणकाली, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, बगलामुखीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गर्छ ।

राजधानीका अधिकांश शक्तिपीठमा दिनभर नै भक्तजनको घुइँचो हुने गरेको छ । बेलुकी आरतीदेखि नै शक्तिपीठमा दीपावली गरिएकाले दर्शनका लागि बेलुकी मनिदर धाउने भक्तजन पनि बढ्न थालेका छन् ।

Previous Post

जुवाको खालबाट नगद सहित ५ जना व्यक्ति पक्राउ

Next Post

मनसुन क्रमशः कमजोर हुँदै

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
Next Post
नेपालबाट मनसुन बाहिरिन थाल्यो, अब ठूलो र लगातार वर्षा नहुने

मनसुन क्रमशः कमजोर हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

स्वर्गद्वारी गुठी पीडित मोही किसान ४ दिनदेखि धर्नामा

स्वर्गद्वारी गुठी पीडित मोही किसान ४ दिनदेखि धर्नामा

बुधबार, माघ २३, २०८१
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ

बाफलबाट ५.८२ ग्राम खैरो हिरोइन र नगदसहित युवराज लाखे पक्राउ

सोमवार, मंसिर १५, २०८२

Don't miss it

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In