काठमाडौं — कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरले कम्पनीहरूले ऐनअनुसार बुझाउन बाँकी विवरण, सूचना वा जानकारी असार मसान्तसम्म बुझाएमा जरिवानामा ९० प्रतिशत छुट दिने जनाएको छ।
कम्पनी ऐन २०६३ को दफा ८१ को उपदफा (७) अनुसार यो उपदफा प्रारम्भ भएको समयमा कुनै कम्पनीले कार्यालयमा बुझाउन बाँकी विवरण, सूचना वा जानकारी २०८२ असार मसान्तभित्र बुझाएमा जरिवाना शुल्कमा ९० प्रतिशत छुट पाइने व्यवस्था गरिएको हो।
कार्यालयले असार ३२ गते अपराह्न ५ बजेभित्र अनलाइन प्रणाली ‘क्यामिस’ (CAMS) मार्फत निवेदनसहित आवश्यक विवरण प्रविष्ट गर्न कम्पनीहरूलाई आग्रह गरेको छ। यो छुट पाउन चाहने कम्पनीहरूले कानुनी प्रक्रिया पालना गर्दै तोकिएको समयभित्र विवरण बुझाउनुपर्ने कार्यालयले जनाएको छ।