दैलेख – दैलेखको दुल्लू नगरपालिका–१ स्थित तल्लोडुंगेश्वर नजिक गाडी दुर्घटना भएको छ। कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको फोर्स गाडी सुर्खेतदेखि जुम्लातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार उकालोमा रोकेर सवारी झार्ने क्रममा गाडी ब्याक भई सडकबाट करिब १० मिटर तल खोल्सामा खसेको हो। घटनामा मानवीय क्षतिको विवरण हालसम्म प्राप्त नभए पनि गाडीमा क्षति पुगेको प्रहरीको प्रारम्भिक जानकारी छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
