काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आन्तरिक छलफल थालेको छ।
पार्टीका उपाध्यक्ष अब्दुल खानका अनुसार आन्तरिक छलफलमै मधेश प्रदेश सरकारको नेतृत्वसमेत छाड्ने तयारी भएको छ। उनले भने मुख्यमन्त्री सतिसकुमार सिंहलाई राजीनामा दिन भनिएको छ। केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिनेबारे छलफल भइरहेको छ।
यससँगै मधेश प्रदेश र संघीय राजनीतिमा नयाँ सत्ता समीकरणको सम्भावना बढेको छ।