काठमाडौं — माइतीघरमा प्रदर्शन गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार पक्राउ पर्ने व्यक्ति सञ्जिव दाहाल हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा दाहाल माइतीघरमा प्रदर्शन गर्न पुगेपछि उनलाई पक्राउ गरिएको हो।
एसपी भट्टराईका अनुसार हाल माइतीघरमा सरिश्मा थापाको समूह करिब २८ दिनदेखि धर्नामा बसेको छ। यस्तो अवस्थामा नयाँ प्रदर्शनले उक्त समूहलाई उक्साउने जोखिम रहेको भन्दै प्रहरीले सावधानी अपनाएको जनाएको छ।














