कैलालीको धनगढी उपमहानगरपालिका–३ बडराबाट लागू औषधसहित एक युवक पक्राउ परेका छन्। बिहीबार २२ वर्षीय शम्शेर शेखलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उनको साथबाट ५३० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको छ। शेखलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ।
प्रहरीले पक्राउ परेका शेखमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।














