Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

घोडाघोडी सिमसारमा जलपंक्षी गणना सुरु चरा सङ्ख्या घट्दो चिन्ता

Dailekh Karnali Television by Dailekh Karnali Television
शनिबार, पुस १९, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
घोडाघोडी सिमसारमा जलपंक्षी गणना सुरु चरा सङ्ख्या घट्दो चिन्ता
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपालको पहिलो चरा अभयारण्य (वर्ड स्याङ्क्चुरी) घोडाघोडी सिमसार क्षेत्रमा जलपंक्षी गणना सुरु भएको छ। जैविक विविधताले अत्यन्त महत्त्वपूर्ण मानिने घोडाघोडी ताल क्षेत्रमा चरा संरक्षण नेटवर्क कैलालीको टोली आजदेखि गणनामा खटिएको हो। टोलीका अनुसार पुस २१ गतेसम्म जलपंक्षी गणना सञ्चालन हुनेछ।

विगत लामो समयदेखि घोडाघोडी ताल क्षेत्रमा चराको अध्ययन, अवलोकन, खोज तथा अनुसन्धान गर्दै आएको चरा संरक्षण नेटवर्क कैलालीले हिउँद र वर्षा गरी प्रत्येक वर्ष दुई पटक जलपंक्षी गणना गर्दै आएको छ। नेटवर्कका उपाध्यक्ष नवराज न्यूरेका अनुसार गणनापछि जलपंक्षीको अवस्था र तिनले भोगिरहेका चुनौती पहिचान गरिनेछ।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

यसैबीच चरा संरक्षण नेटवर्क कैलालीका सचिव रामकुमारले घोडाघोडी क्षेत्रमा जलपंक्षीको सङ्ख्या निरन्तर घट्दै गएको जानकारी दिए। घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले जलपंक्षी घट्नुको मुख्य कारण चोरी–सिकारी रहेको बताए।

डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्यायले घोडाघोडी सिमसार प्राकृतिक सम्पत्ति भएकाले सबैको साझा प्रयासमा यसको संरक्षण आवश्यक रहेको बताए। घोडाघोडी क्षेत्र जैविक विविधताले भरिएको छ। चराको वासस्थान जोगाउँदै संरक्षणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्छ उनले भने।

घोडाघोडी नगरपालिकाका प्रवक्ता घनश्याम ओझाले पनि चराको संरक्षणका लागि उनीहरूको बासस्थान सुरक्षित गर्नुपर्नेमा जोड दिए। वर्ड स्याङ्क्चुरी घोषणामा मात्र सीमित नराखी व्यवहारमै संरक्षण गर्नुपर्ने उनको भनाइ थियो।

नेपालमै सबैभन्दा धेरै तालतलैया भएको जिल्लाका रूपमा चिनिने कैलालीमा घोडाघोडी ताल तराई क्षेत्रकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो। घोडाघोडी क्षेत्रमा घोडाघोडीसहित २४ वटा ताल रहेका छन्। तीमध्ये घोडाघोडी र नकरोड ताल चराको वासस्थानका लागि सबैभन्दा उपयुक्त मानिने चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले बताए।

उनका अनुसार घोडाघोडीमा पहिले करिब दुई हजार २०० को हाराहारी जलपंक्षी रहेकामा गत वर्ष त्यो सङ्ख्या घटेर करिब १ हजार १०० मा सीमित भएको छ। घोडाघोडीको सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको सङ्ख्यासमेत घट्दै गएको छ। सुरक्षित प्रजननस्थल मानिएको घोडाघोडीमा वासस्थान असुरक्षित बन्दै जानु र आहारा घट्नुले यसको सङ्ख्या घटेको हो चौधरीले बताए।

घोडाघोडी क्षेत्र रैथाने तथा आगन्तुक चराको महत्त्वपूर्ण वासस्थान भएकाले सुदूरपश्चिम प्रदेश सरकारले २०७८ फागुन २७ गते नेपालकै पहिलो चरा अभयारण्य क्षेत्र घोषणा गरेको थियो। हाल घोडाघोडी सिमसार क्षेत्रमा ३८१ प्रजातिका चरा पाइने तथ्याङ्क छ।

Previous Post

कैलाली चुरेमा अवैध वन फँडानी ठूलो परिमाणमा सालको काठ बरामद

Next Post

रोल्पामा राष्ट्रपति रनिङ सिल्डबाट फर्कँदै गरेका विद्यार्थी सवार जिप दुर्घटना दुईको मृत्यु नौ गम्भीर घाइते

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post

रोल्पामा राष्ट्रपति रनिङ सिल्डबाट फर्कँदै गरेका विद्यार्थी सवार जिप दुर्घटना दुईको मृत्यु नौ गम्भीर घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

नेपालको कारागारमा १ हजार ४ सय विदेशी कैदीबन्दी

नेपालको कारागारमा १ हजार ४ सय विदेशी कैदीबन्दी

आइतवार, मंसिर २, २०८१
नेपाल एअरलाइन्सले गुल्मीमा हप्ताकाे एक दिनमात्र उडान गर्ने

नेपाल एअरलाइन्सले गुल्मीमा हप्ताकाे एक दिनमात्र उडान गर्ने

आइतवार, कार्तिक २५, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In