Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home Uncategorized

२७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै ज्योतिषाचार्य गणेशप्रसाद पन्त जातीय कुरीति हटाउने अभियानमा दृढ

Dailekh Karnali Television by Dailekh Karnali Television
सोमवार, पुस २१, २०८२
in Uncategorized
424 4
A A
0
२७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै ज्योतिषाचार्य गणेशप्रसाद पन्त जातीय कुरीति हटाउने अभियानमा दृढ
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको पाटन नगरपालिका-८ खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले विगत २७ वर्षदेखि दलित बस्तीमा वैदिक विधिबाट धार्मिक कर्मकाण्ड गर्दै जातीय तथा सांस्कृतिक कुरीति हटाउने अभियान सञ्चालन गर्दै आएका छन्।

पन्तले दलित समुदायमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायत एक सयभन्दा बढी धार्मिक कर्मकाण्ड सम्पन्न गरिसकेका छन्। उनका अनुसार अहिलेसम्म दलित बस्तीमा ३५ वटा सप्ताह, २१ वटा शिवपुराण, २७५ लघुरुद्राभिषेक, १७८ महारुद्राभिषेक, ६५४ सत्यनारायण पूजा, ५७१ ग्रहशान्ति, २५ शतचण्डी, ५१ अखण्ड रामायणसहित जम्मा एक हजार ३९७ भन्दा बढी कर्मकाण्ड सम्पन्न भइसकेका छन्।

You might also like

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

धनगढीमा लागुऔषधसहित पाँच जना पक्राउ

भिजिट भिसाको दुरुपयोग: ओमन ट्रान्जिट हुँदै नेपाली महिलाको संगठित तस्करी

जिल्लाकै प्रसिद्ध श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका मूल पुजारीसमेत रहेका पन्तले जातीय विभेद हटाउने उद्देश्यले आचार्य कृष्ण दमाईँसहित १ हजार ११ जना सिल्पी समुदायका व्यक्तिलाई जनैधारण गराइसकेको जानकारी दिए। आचार्य कृष्ण दमाईँले पशुपति कोटिहोमको व्यासपीठबाट प्रवचनसमेत दिएका थिए।

धर्मग्रन्थमा दलित वा महिलामाथि कुनै जातीय वा लैङ्गिक विभेद नभएको उल्लेख गर्दै पन्तले समाजमा व्याप्त छाउपडी प्रथा र जातीय विभेद हटाउन धार्मिक अगुवाहरू अघि सर्नुपर्ने बताउँदै आएका छन्। कानुनले अपराध मानेका कुरीतिहरू हटाउन धार्मिक क्षेत्रबाटै पहल हुनुपर्नेमा उनको जोड छ।

‘सुदूरपश्चिममा अहिले पनि ब्राह्मणले दलित बस्तीमा गएर न्वारन, विवाह, व्रतबन्ध गर्दैनन्। चिहान घाटमा समेत जातीय विभेद छ पन्तले भने त्यस्ता कुरीति हटाउन म आफैँ अभियानमा लागेको हुँ। दलितको घरमा धार्मिक कार्य गर्दै भोजनसमेत ग्रहण गर्दै आएको छु।

दलित समुदायभित्रै पनि विभेद रहेको उल्लेख गर्दै उनले एक दलित समुदायले अर्को दलित समुदायसँग पानी-भान्सा नचलाउने प्रवृत्ति आफूले देखेको बताए। यो गलत हो, हटाउनुपर्छ उनको भनाइ छ।

सन्ध्या पूजा गर्दा अहिले पनि अथर्ववेदलाई दलितको वेद भन्दै भुइँमा पानी खसाल्ने गलत परम्परा रहेको बताउँदै उनले अथर्ववेदकै ज्ञानबाट मोबाइल, रेडियो, टिभी, गाडी र हवाईजहाजजस्ता प्रविधि विकास भएको दाबी गरे। हामी सबै त्यसको उपभोग गरिरहेका छौँ तर त्यही ज्ञान निर्माण गर्ने शिल्पकारमाथि विभेद भइरहेको छ उनले भने।

कुरीति हटाउने अभियान थालेपछि गैरदलित समुदायका पुर्ख्यौली ५ सय ७५ यजमान छुटेको बताउँदै पन्तले सामाजिक सञ्जालमार्फत तुच्छ गालीगलौजसमेत सहनुपरेको पीडा सुनाए। गाली आए पनि म आफ्नो धर्म र कर्मबाट विचलित भएको छैन उनले भने।

दलितमाथि हुने विभेदविरुद्ध कानुनी कारबाही हुनुपर्ने माग गर्दै उनले प्रत्येक हिन्दुको घर-घरमा वेद, पुराण, शालिग्राम, तुलसीको मट, शङ्ख-घण्ट र पाञ्चायन देवताको स्थापना गराउने योजना रहेको बताए।

धर्मशास्त्रका आधारमा महिला र पुरुष दुई जात मात्र हुन्, अन्य जात हुँदैन पन्तले भने मनुस्मृतिजस्ता विभेदकारी ग्रन्थहरू संशोधन हुनुपर्छ र सबै धार्मिक स्थलमा समावेशी पूजा-पाठको व्यवस्था हुनुपर्छ।

धार्मिक कार्यका लागि ९८६०२७८१०० मा सम्पर्क गर्न सकिने उनले जानकारी दिए।

Previous Post

रास्वपाको समानुपातिक सूचीबाट डा. अरनिको पाँडेद्वारा उम्मेदवारी फिर्ता

Next Post

माघभरि मास पारायण बनारसी धाममा १४४ वर्षपछि महाकुम्भ

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

by Dailekh Karnali Television
शनिबार, जेष्ठ ९, २०८३
Uncategorized

धनगढीमा लागुऔषधसहित पाँच जना पक्राउ

by Dailekh Karnali Television
शनिबार, बैशाख १९, २०८३
Uncategorized

भिजिट भिसाको दुरुपयोग: ओमन ट्रान्जिट हुँदै नेपाली महिलाको संगठित तस्करी

by Dailekh Karnali Television
बुधबार, बैशाख १६, २०८३
Uncategorized

टर्कीको अदानाबाट अमेरिकी कर्मचारी हटाइँदै, दक्षिणपूर्वी टर्की छोड्न नागरिकलाई चेतावनी

by Dailekh Karnali Television
सोमवार, फाल्गुन २५, २०८२
Uncategorized

रास्वपाको जितको खाता खुल्यो, रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन २२, २०८२
Next Post
२७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै ज्योतिषाचार्य गणेशप्रसाद पन्त जातीय कुरीति हटाउने अभियानमा दृढ

माघभरि मास पारायण बनारसी धाममा १४४ वर्षपछि महाकुम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

सिचाई मन्त्री चौधरीद्वारा सिचाई आयोजनाको अनुगमन

सिचाई मन्त्री चौधरीद्वारा सिचाई आयोजनाको अनुगमन

सोमवार, मंसिर ३, २०८१
लुम्बिनीसहित ३ प्रदेशबाट मनसुन बाहिरियो

लुम्बिनीसहित ३ प्रदेशबाट मनसुन बाहिरियो

सोमवार, अशोज २१, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In