कैलाली — कैलालीको डोडा नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ।
घोडाघोडी नगरपालिका–३ का १७ वर्षीय सुन्दर प्रसाद भट्ट आइतबार दिउँसो साथीहरूसँग नदीमा नुहाउन गएका बेला डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय सुख्खडले जानकारी दिएको छ।
घर नजिकै रहेको डोडा नदीमा नुहाउने क्रममा अचानक डुबेका सुन्दरको शव स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नदीबाट निकालिएको हो। शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको प्रहरीले जनाएको छ।