कैलाली — कैलालीको घोडाघोडी नगरपालिका–९ शिखरझालामा करेन्ट लागेर एक किशोरको ज्यान गएको छ। स्थानीय दिलबहादुर चौधरीका १४ वर्षीय छोरा आर्यन चौधरीलाई करेन्ट लागेको थियो।
गम्भीर घाइते भएका आर्यनलाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
करेन्ट लाग्नुको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।