सिन्धुली — सिन्धुलीको फिक्कल गाउँपालिका–३ चनौटेका ४१ वर्षीय इन्द्र आले मगरको रूखबाट लडेर मृत्यु भएको छ।
चनौटेको तीनअंके डाँडा सामुदायिक वनमा खस्रोको रुखमा चढेर घाँस काट्ने क्रममा उनी खसेर गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै उनलाई स्थानीय चनौटे अस्पतालमा लगिएको थियो, जहाँ सामान्य उपचारपछि थप उपचारका लागि दोलखाको चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल लैजाने क्रममा चिकित्सकले मृत घोषित गरेका थिए।
दोलखा जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानकुमार महत्तोका अनुसार आइतबार साँझ करिब साढे ६ बजे बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार बिरुवाडाँडा तथा वडा नं. ९ र ११ को सिमानामा पर्ने कालढुङ्गा क्षेत्रमा लेदो जाँदा सडक अवरुद्ध भएको थियो। यसैले उनलाई खुर्कोट हुँदै मन्थली–चरिकोटको बाटो प्रयोग गरेर काठमाडौं लैजान लागिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो।