कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट प्रहरीले करिब २ लाख ५८ हजार ४९० रुपैयाँ बराबरका भन्सार छलीका अवैध सामान बरामद गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–११ गड्डाचौकी, दोधारा चाँदनी नगरपालिका–३ कल्चुघाट र बेलौरी नगरपालिका–२ भैसोरी क्षेत्रबाट ती सामानहरू बरामद गरिएका हुन्।
बरामद गरिएका सामग्रीहरूमा सेतो, रातो, पहेँलो कपडा, धोती, पर्दा, त्रिपाल, हार्डवेयरका सामान र किराना सामग्रीहरू रहेका छन्।
प्रहरीका अनुसार बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।