कैलाली – औषधीको अनुचित प्रयोग तथा दुरुपयोग सम्बन्धी मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले १५ महिनापछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–१ लोहारपुरका २५ वर्षीय दीपक धामी रहेका छन्। उनलाई बिहीबार इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला अदालत कैलालीले २०८० साल पुष १२ गते धामीलाई औषधी दुरुपयोगसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै १५ दिन कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो। तर अदालतको फैसला पछि उनी फरार रहेका थिए।
अदालतको सजाय कार्यान्वयनका लागि खोजीमा रहेका धामीलाई प्रहरीको सक्रियतामा पक्राउ गर्न सफल भएको जनाइएको छ। उनलाई थप कारबाहीका लागि अदालतमा उपस्थित गराउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।