Friday, July 18, 2025
Date
शुक्र, साउन २, २०८२
Fri, July 18, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

धार्मिक पुनर्जागरणको उज्यालो ११ वर्षे लक्ष्मी कालिकोटे

Tara Bhatt by Tara Bhatt
शुक्रबार, साउन २, २०८२
in FEATURED, TOP STORIES, धर्म, शिक्षा, समाचार
423 4
A A
0
धार्मिक पुनर्जागरणको उज्यालो ११ वर्षे लक्ष्मी कालिकोटे
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

झापा जिल्लाको दमक नगरपालिका–३, बेलडाँगी बस्तीभित्रको एउटा न्यानो कोठामा प्रत्येक विहानी गुञ्जिने वैदिक मन्त्रहरूले अहिले सिंगो टोलमा आध्यात्मिक ऊर्जा फैलन थालेको छ। ती दिव्य स्वर अरू कसैका होइनन् ११ वर्षीया बाल–साधिका लक्ष्मी कालिकोटेका हुन्।

सानो अनुहार, चम्किला आँखा र निधारमा टल्किएको चन्दनको टीका। तर लक्ष्मी केवल उमेरले सानी छिन्, साधनाले उनले ठूलाठूला पुरूषार्थीलाई समेत लाज लगाउने तहको अभ्यास देखाएकी छन्।

You might also like

नेपाली ज्योतिर्लिङ्गको पहिलो ज्योतिर्लिङ्ग बनारसीधाम (उत्तर बाराणसी) संरक्षणमा सरकार मौन

औषधी दुरुपयोग मुद्दामा फरार दीपक धामी १५ महिनापछि पक्राउ

कञ्चनपुरमा २ लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद

लक्ष्मीले महाभारतको अनुशासन पर्वमा वर्णित श्रीविष्णु सहस्रनाम हजार नामको महान स्तोत्र केवल एक सातामै कण्ठस्थ गरेकी छन्। यो केवल स्मरण शक्ति होइन, श्रद्धा, समर्पण र अनुशासनको विलक्षण संगम हो। उनले शिवमहिम्न स्तोत्र, देवी पुस्पाञ्जलि, गीता अध्याय १५, र पुरुष सूक्तका १६ मन्त्रहरू पनि आत्मसात गरेकी छन्। मन्त्रको केवल उच्चारण होइन, त्यसको अर्थ र ऊर्जा पनि आत्मसात गर्न सक्ने उनको क्षमताले सारा समाजमा आश्चर्य र श्रद्धा जन्माएको छ।

पिता पण्डित मेघनाथ कालिकोटे ज्योतिष, वेद, भागवत र धर्मकथाका सिद्धहस्त ज्ञाता। आमा फुलमाया कालिकोटे नारी धर्म, निष्ठा र सेवा–भक्तिको मूर्तिमान छाया। उनी विश्वकर्मा समुदायबाट उत्पत्ति भएकी हुन् जसले कर्म, श्रद्धा र सामाजिक समर्पणको भाव बोकेको छ।

यसै सुसंस्कार, प्रेरणा र गुरु संस्कारशिरोमणि पण्डित गणेशप्रसाद पन्तको सान्निध्यले गर्दा लक्ष्मीको जीवन बाल्यकालमै साधनाको यात्रामा समर्पित भएको हो। १० वर्ष पूरा गरेर ११ औं वर्षमा प्रवेश गरेकी लक्ष्मी मन्त्र–जप, पूजा–विधि, आरती र भगवद्भावनामा यति प्रवीण छिन् कि देख्ने सुन्‍नेहरू श्रद्धाले नतमस्तक हुन्छन्। पञ्चाङ्ग हेरेर शुभ–अशुभ मुहूर्त निर्धारण गर्ने ज्ञान पनि उनीसँग छ।

बालिका भन्छिन् म सानो भए पनि मेरो सोच ठूलो छ। बाबाआमा र गुरुहरूले विश्वास गरे, म त्यसको सम्मान गर्दै छु। म पढ्छु, सिक्छु, बाँड्छु। उनी समाजमा फैलिएको अज्ञान, अधर्म र निराशामाथि ज्ञान र श्रद्धाको बीजारोपण गर्न चाहन्छिन्। धार्मिक मेला, पूजा–अनुष्ठान, सामूहिक कथा जहाँ लक्ष्मी पुग्छिन् त्यहाँ आस्थाको वातावरण बन्न थाल्छ। उनको स्वरमा मन्त्रले नयापन पाउँछ भक्तिभाव जागृत हुन्छ।

यो उमेरमा जब संसार रमाइलो खोज्छ उनी भगवत्कथामा रमाइरहेकी छन्। जब अरू बालबालिका खेलौना खोज्छन् उनी शङ्ख र घण्टको स्वर खोजिरहेकी छन्। लक्ष्मी कालिकोटे केवल एक बालिका होइनन् उनी युग–चेतनाको प्रतिनिधि हुन्। संस्कृतिको उज्यालो जुन अँध्यारोमा हराउँदै थियो त्यो फेरि बलिरहेको छ उनीजस्ता साधिकाहरूको समर्पणबाट।

भनिन्छ “धर्म पुस्ताबाट पुस्तामा हस्तान्तरण हुनुपर्छ।”लक्ष्मीजस्ता बाल–आचार्यहरूलाई देख्दा लाग्छ त्यो हस्तान्तरण मात्र होइन एउटा नयाँ पुनर्जागरण युगको आरम्भ भइसकेको छ। सानो घाम भए पनि अब उनको उज्यालोले धेरैलाई मार्ग देखाउने निश्चित छ।

Previous Post

नेपाली ज्योतिर्लिङ्गको पहिलो ज्योतिर्लिङ्ग बनारसीधाम (उत्तर बाराणसी) संरक्षणमा सरकार मौन

Tara Bhatt

Tara Bhatt

Related Posts

नेपाली ज्योतिर्लिङ्गको पहिलो ज्योतिर्लिङ्ग बनारसीधाम (उत्तर बाराणसी) संरक्षणमा सरकार मौन
FEATURED

नेपाली ज्योतिर्लिङ्गको पहिलो ज्योतिर्लिङ्ग बनारसीधाम (उत्तर बाराणसी) संरक्षणमा सरकार मौन

by Tara Bhatt
शुक्रबार, साउन २, २०८२
कैलालीमा ४० लाख जरिवाना तोकिएका २ फरार प्रतिवादी पक्राउ
FEATURED

औषधी दुरुपयोग मुद्दामा फरार दीपक धामी १५ महिनापछि पक्राउ

by Tara Bhatt
शुक्रबार, साउन २, २०८२
कञ्चनपुरमा २ लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद
FEATURED

कञ्चनपुरमा २ लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद

by Tara Bhatt
शुक्रबार, साउन २, २०८२
कान्द्रा नदीले बगाउँदा कैलालीमा ७० वर्षीया वृद्धाको मृत्यु
FEATURED

रुकुम पश्चिमको बाँफिकोटमा भीरबाट खसेर युवकको मृत्यु

by Tara Bhatt
शुक्रबार, साउन २, २०८२
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
FEATURED

नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु तीन घाइते

by Tara Bhatt
शुक्रबार, साउन २, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

आज घटस्थापना बडादशैँको  पहिलो दिन

आज घटस्थापना बडादशैँको  पहिलो दिन

बिहिबार, अशोज १७, २०८१
प्युठानमा ट्‌याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

प्युठानमा ट्‌याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

बुधबार, पुस १०, २०८१

Don't miss it

धार्मिक पुनर्जागरणको उज्यालो ११ वर्षे लक्ष्मी कालिकोटे
FEATURED

धार्मिक पुनर्जागरणको उज्यालो ११ वर्षे लक्ष्मी कालिकोटे

शुक्रबार, साउन २, २०८२
नेपाली ज्योतिर्लिङ्गको पहिलो ज्योतिर्लिङ्ग बनारसीधाम (उत्तर बाराणसी) संरक्षणमा सरकार मौन
FEATURED

नेपाली ज्योतिर्लिङ्गको पहिलो ज्योतिर्लिङ्ग बनारसीधाम (उत्तर बाराणसी) संरक्षणमा सरकार मौन

शुक्रबार, साउन २, २०८२
कैलालीमा ४० लाख जरिवाना तोकिएका २ फरार प्रतिवादी पक्राउ
FEATURED

औषधी दुरुपयोग मुद्दामा फरार दीपक धामी १५ महिनापछि पक्राउ

शुक्रबार, साउन २, २०८२
कञ्चनपुरमा २ लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद
FEATURED

कञ्चनपुरमा २ लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद

शुक्रबार, साउन २, २०८२
कान्द्रा नदीले बगाउँदा कैलालीमा ७० वर्षीया वृद्धाको मृत्यु
FEATURED

रुकुम पश्चिमको बाँफिकोटमा भीरबाट खसेर युवकको मृत्यु

शुक्रबार, साउन २, २०८२
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
FEATURED

नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु तीन घाइते

शुक्रबार, साउन २, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In