रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्थित राम्चेडाँडाको भीरबाट खसेर एक युवकको ज्यान गएको छ।
बाँफिकोट गाउँपालिका–१ माथिगाउँ निवासी ३३ वर्षीय अजय मल्लको गएराति मृत्यु भएको हो।
स्थानीय वडाध्यक्ष प्रकाश खत्रीका अनुसार चिसापानी भन्ने ठाउँमा लागेको मेलाबाट घर फर्किने क्रममा मल्ल भीरबाट खसेका थिए।
गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।