राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज जेलमुक्त भएका छन्। सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका उनीलाई प्रहरी प्रशासनले सुरक्षा दिन नसक्ने स्थिति भएपछि दिउँसो उनकी श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाइएको रास्वपा स्रोतले जनाएको छ।
लामिछानेमाथि सहकारी ठगीसम्बन्धी मुद्दा जारी छ भने उनको रास्वपाले हालै संसद् राजीनामासम्बन्धी निर्णयसमेत लिएको थियो।