कैलाली – आन्दोलनमा उत्रिएका जेनजीसहितका प्रदर्शनकारीले कैलाली कारागार कब्जा गरेपछि सबै कैदीबन्दी निस्किएका छन् ।
कारागारभित्र प्रवेश गरेर नियन्त्रणमा लिएपछि कैदीबन्दीलाई बाहिर निस्काइएको प्रहरीले जनाएको छ । केही समयअघि मात्रै यही कारागारमा दुई समूहबीच ठूलो झडप भएको थियो । सो घटनामा कैदीबन्दीले नियन्त्रणसमेत हातमा लिएका थिए ।
यसअघि भएको झडपपछि सुरक्षाको अवस्था बलियो बनाइएको भए पनि पछिल्लो आन्दोलनका कारण कारागार पुनः प्रदर्शनकारीको कब्जामा परेको हो ।