काठमाडौं – पछिल्लो राजनीतिक घटनाक्रमलाई देखाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघीय संसद् र प्रदेशसभाका सबै सांसदहरूले सामूहिक राजीनामा दिएका छन्।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सांसदहरूले एकैपटक पद त्यागेका हुन्। उनले देशमा भइरहेको राजनीतिक अस्थिरता र आन्दोलनमाथि भएको दमनविरुद्ध राजीनामा दिएको बताए।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्ना सबै सांसदलाई राजीनामा गराउने तयारी गरिरहेको जनाएको छ।