जेन–जीको आन्दोलन उग्र बनेपछि देशभरका विभिन्न कारागारमा तोडफोड र आगजनी हुँदा ठूलो संख्यामा कैदीबन्दी फरार भएका थिए। तीमध्ये हालसम्म १,४५५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार अझै १२ हजार ८५२ कैदीबन्दी फरार रहेका छन्। हालसम्म देशभरका विभिन्न कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार भएको तथ्यांक सार्वजनिक गरिएको छ।
यसैगरी, प्रहरी हिरासतमा रहेका ५७३ थुनुवा समेत फरार भएको प्रहरीले जनाएको छ।