बझाङ — बझाङको मष्टा गाउँपालिका–५, किनाडास्थित जंगलमा गोरु चराउन गएका १३ वर्षीय सुरेश आग्रीको करेन्ट लागी मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार शुक्रबार राति चलेको हावाहुरीका कारण राष्ट्रिय प्रसारण लाइनको तार चुडिँदा भुइँमा लत्रिएको थियो। सोही तारको सम्पर्कमा परेपछि बालकको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि प्रहरी टोली तत्कालै घटनास्थलमा खटिएको थियो। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।













