राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको छ।
प्रवक्ता मनिष झाका अनुसार बैठकमा आगामी कात्तिक १४ र १५ गते हुने केन्द्रीय विस्तारित बैठकका एजेन्डा तथा व्यवस्थाबारे छलफल हुनेछ। साथै विपद् व्यवस्थापनमा पार्टीको सक्रियता, आगामी अभियान, सद्भाव यात्राको कार्यसूची र विविध विषयमा समेत चर्चा हुने बताइएको छ।













