जेन्जी आन्दोलनको बेला जिल्ला कारागार दार्चुलाबाट भदौ २४ गते राति भागेका उमेश सिंह कुँवर पक्राउ परेका छन्।
महाकाली नगरपालिका–१ छापरीका २३ वर्षीय कुँवरमाथि कर्तव्य ज्यान, जबरजस्तीकरणी र ज्यान मार्ने उद्योग गरी ५२ वर्षको कैद सजाय तोकिएको थियो।
प्रहरी निरीक्षक बिक्रम बहादुर शाहीको कमाण्डमा खटिएको टोलीले बुधबार राति १:३० बजे उनलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।
पक्राउ परेका कुँवर अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलामा राखिएका छन्।














