काठमाडौं — माइतीघर मण्डलामा आन्दोलन गर्न पुगेका जेनजी अभियन्ता डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ।
जेनजी आन्दोलनका माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित तीन जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
माइतीघर क्षेत्रमा प्रहरीले बाक्लो सुरक्षा व्यवस्था गर्दै कसैलाई पनि प्रदर्शन गर्न नदिएको जनाएको छ।
जेनजी आन्दोलन सुरु भएको एक महिना पूरा भए पनि मागहरू सम्बोधन नभएको भन्दै भुसालको समूहले आज प्रदर्शन आयोजना गरेको थियो।
यसअघि काठमाडौं जिल्ला प्रशासन कार्यालयले कुनै पनि धर्ना, जुलुस वा प्रदर्शन नगर्न सूचना जारी गरेको थियो। सोही अनुसार माइतीघर मण्डला लगायतका क्षेत्रमा हुल बाँधेर उभिन समेत प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ।













