काठमाडौं – लागूऔषध खैरो हिरोइनसहित एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्। प्रहरीले काठमाडौं महानगरपालिका-१३ बाफल क्षेत्रमा लागूऔषध बिक्री, वितरण तथा ओसारपसार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा सिन्धुली घरभई नागार्जुन बस्ने युवराज लाखेलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनलाई आज प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले लाखेको साथबाट ५.८२ ग्राम खैरो हिरोइन, रु ५४ हजार ६०० नगद र एक थान मोबाइल बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनीविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।














