कैलालीको चुरे गाउँपालिका–६ ढुङ्गेनीमा रुखबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ। मंसिर २० गते साँझ करिब साढे ४ बजे घर नजिकै रहेको रुखमा चढी स्याउला काट्ने क्रममा अचानक लडेर ४८ वर्षीय बलबहादुर साउद गम्भीर घाइते भएका थिए।
उनी घाइते भएको देख्नेबित्तिकै स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए। तर उपचारका क्रममा नै साउदको मृत्यु भएको प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए।
घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।














