बैतडीको पुर्चौंडी नगरपालिका-२ बन्तोलीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। शनिबार बिहान घरबाट खर ल्याउन वनतर्फ गएकी २७ वर्षीया मञ्जु कामी जंगली बँदेल देखेपछि डराएर भाग्ने क्रममा भीरबाट खसेकी थिइन्।
घाइते अवस्थामै रहेका उनलाई उद्धार गरिए पनि घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन्। मञ्जुसँग खरघाँस लिन गएको उनका छोरा भने सुरक्षित रहेका छन्।
मृतक मञ्जु कामीका तीन छोरी र एक छोरा रहेका छन्। उनका श्रीमान रोजगारीका लागि भारतको बेङ्गलोरमा बस्दै आएका छन्।













