कैलालीको टीकापुर नगरपालिका क्षेत्रबाट प्रहरीले ४ ग्राम ९१० मिलिग्राम लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ। टीकापुरका विभिन्न स्थानमा गरिएको अपरेसनपछि उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेका मध्ये टीकापुर नगरपालिका-८ कर्मीडाँडा बस्ने ३१ वर्षीय प्रविण साउँद र २६ वर्षीय धन बहादुर चौधरीलाई वडा नम्बर ९ को खक्रौला पोष्ट नजिकैबाट नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरी चौकी कालाकुण्डबाट खटिएको टोलीले उनीहरूको साथबाट ८६० मिलिग्राम लागुऔषध बरामद गरेको बताइएको छ।
त्यस्तै टीकापुर नगरपालिका-९ बालुवाचोकस्थित सडकखण्डबाट २८ वर्षीय कृष्ण बहादुर साउँदलाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनको जिम्मामा ४ ग्राम ५० मिलिग्राम लागुऔषध फेला पारेको प्रहरीको जानकारी छ।
तीनै घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।














