कैलालीको घोडाघोडी नगरपालिका-२ स्थित घोडाघोडी नगर अस्पताल नजिकको भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
स्थानीय साडेपानीका ८ वर्षीय गोबिन्द बिष्टको बौनियास्थित सनराइज बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। म प्र०३-००१ क २९४१ नम्बरको उक्त बसले विद्यालयबाट बिदा भएर घरतर्फ ल्याइएका बालकलाई बसबाट झर्ने क्रममा ठक्कर दिएको बताइएको छ।
बस ५७ वर्षीय भागी राम चौधरीले चलाइरहेका थिए। मृतक गोबिन्द सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।














