कैलालीको गोदावरी नगरपालिका-१ बनखेतीका ६० वर्षीय प्रेमबहादुर थापाको रुखबाट लडेर मृत्यु भएको छ।
भगवती सामुदायिक वनमा रुखको हाँगा काट्ने क्रममा थापा रुखबाट लडेर गम्भीर घाइते भएका थिए। उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।














