Friday, September 11, 2026
Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home Uncategorized

दलित बस्तीमा २७ वर्षदेखि कर्मकाण्ड गर्दै ज्योतिषाचार्य पन्त जातीय विभेदविरुद्ध धार्मिक अभियान

Dailekh Karnali Television by Dailekh Karnali Television
मङ्लबार, भदौ २, २०८३
in Uncategorized
421 4
A A
0
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – पाटन नगरपालिका-८, खोड्पे जसुलीखालीका संस्कारशिरोमणि ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले विगत २७ वर्षदेखि दलित बस्तीमा वैदिक विधिअनुसार धार्मिक तथा सांस्कृतिक कर्मकाण्ड गर्दै आएका छन्। जातीय विभेद तथा विभिन्न सामाजिक कुरीति अन्त्य गर्ने उद्देश्यले आफूले दलित बस्तीमा धार्मिक कर्मकाण्ड गर्ने अभियान सञ्चालन गर्दै आएको पन्तले बताएका छन्।

पन्तका अनुसार उनले दलित बस्तीमा सप्ताह, शिवपुराण, लघुरुद्राभिषेक, महारुद्राभिषेक, न्वारन, व्रतबन्ध, विवाह, सत्यनारायण पूजा, ग्रहशान्ति, शतचण्डी, अखण्ड रामायण, स्वस्थानी व्रतकथा, त्रिपिण्डी श्राद्ध, गरुड पुराण, तुलसी मठ निर्माणलगायत विभिन्न धार्मिक कर्मकाण्ड सञ्चालन गरेका छन्।

You might also like

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

धनगढीमा लागुऔषधसहित पाँच जना पक्राउ

भिजिट भिसाको दुरुपयोग: ओमन ट्रान्जिट हुँदै नेपाली महिलाको संगठित तस्करी

उनले हालसम्म सयौँ परिवारमा धार्मिक संस्कार सम्पन्न गराएको र विभिन्न समुदायका मानिसलाई धार्मिक संस्कारसँग जोड्ने प्रयास गरेको बताए। यस क्रममा दमाई, कामी, बादी, पोणे, कुमाललगायत शिल्पी समुदायका १ हजार ७६९ जनालाई जनै धारण गराएको तथा ४७६ दलित महिलालाई दुधागो-दोराको धारण गराएको पन्तको दाबी छ।

जिल्लाको प्रसिद्ध श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिरका मूल पुजारीसमेत रहेका पन्तले धर्मग्रन्थमा जात वा लिङ्गका आधारमा विभेद गर्ने व्यवस्था नरहेको बताउँदै समाजमा कायम छाउपडी, जातीय विभेद तथा अन्य कुरीति हटाउन धार्मिक अगुवाहरू सक्रिय हुनुपर्नेमा जोड दिएका छन्।

उनले भने सुदूरपश्चिममा अहिले पनि ब्राह्मणले दलित बस्तीमा गएर न्वारन, विवाह, व्रतबन्धलगायतका कर्मकाण्ड गर्न हिच्किचाउने अवस्था छ। चिहानघाटमा समेत जातीय विभेद हुने गरेको पाइन्छ। यस्ता कुरीति हटाउन म आफैँ अभियानमा लागेको हुँ।

पन्तले दलित समुदायको घरमा धार्मिक कार्य गराउनुका साथै भोजनसमेत ग्रहण गर्दै आएको बताए। दलित समुदायभित्रै पनि एक समुदायले अर्को समुदायको पानी तथा भान्सा नचलाउने अवस्था देखिएको भन्दै उनले त्यस्ता विभेद पनि अन्त्य हुनुपर्ने बताए।

उनका अनुसार कुरीति र जातीय विभेदविरुद्ध अभियान सञ्चालन गरेपछि पुर्ख्यौलीदेखि आफूले कर्मकाण्ड गर्दै आएका ५७५ जना यजमान छुटेका छन्। सामाजिक सञ्जालमार्फत आफूविरुद्ध गालीगलौज तथा आलोचना भए पनि आफ्नो अभियानबाट पछि नहटेको पन्तले बताए।

सामाजिक सञ्जालमार्फत तुच्छ गाली गरे पनि म आफ्नो धर्म र कर्मबाट विचलित भएको छैन उनले भने।

पन्तले प्रत्येक हिन्दूको घरमा वेद, पुराण, शालिग्राम, तुलसीको मठ, शङ्ख-घण्ट तथा पाञ्चायन देवताको स्थापना गराउने योजना रहेको बताए। साथै धार्मिक क्षेत्रहरूमा सबै समुदायका लागि समान र समावेशी पूजा-पाठको व्यवस्था हुनुपर्ने उनको माग छ।

उनले विभेदकारी धार्मिक तथा सामाजिक अभ्यासमाथि पुनर्विचार आवश्यक रहेको बताउँदै धर्मशास्त्रको व्याख्या समयअनुकूल र समानतामूलक हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

जातीय विभेद तथा सामाजिक कुरीति हटाउन धार्मिक अगुवा र समाजका अगुवाहरूले संयुक्त रूपमा अभियान सञ्चालन गर्नुपर्ने पन्तको भनाइ छ।

धार्मिक कार्य तथा कर्मकाण्डका लागि सम्पर्क:
आचार्य पं. गणेशप्रसाद पन्त
पञ्चाङ्गकार तथा ज्योतिषाचार्य
श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर पीठाधीश्वर
सम्पर्क नं.: ९८६०२७८१००

Previous Post

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

by Dailekh Karnali Television
शनिबार, जेष्ठ ९, २०८३
Uncategorized

धनगढीमा लागुऔषधसहित पाँच जना पक्राउ

by Dailekh Karnali Television
शनिबार, बैशाख १९, २०८३
Uncategorized

भिजिट भिसाको दुरुपयोग: ओमन ट्रान्जिट हुँदै नेपाली महिलाको संगठित तस्करी

by Dailekh Karnali Television
बुधबार, बैशाख १६, २०८३
Uncategorized

टर्कीको अदानाबाट अमेरिकी कर्मचारी हटाइँदै, दक्षिणपूर्वी टर्की छोड्न नागरिकलाई चेतावनी

by Dailekh Karnali Television
सोमवार, फाल्गुन २५, २०८२
Uncategorized

रास्वपाको जितको खाता खुल्यो, रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन २२, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

दार्चुलाबाट फरार कैदी पक्राउ

बुधबार, अशोज २२, २०८२
धनगढीको नोभा हस्पिटलको शौचालयमा कुरुवा मृत फेला

धनगढीको नोभा हस्पिटलको शौचालयमा कुरुवा मृत फेला

बिहिबार, माघ २४, २०८१

Don't miss it

Uncategorized

दलित बस्तीमा २७ वर्षदेखि कर्मकाण्ड गर्दै ज्योतिषाचार्य पन्त जातीय विभेदविरुद्ध धार्मिक अभियान

मङ्लबार, भदौ २, २०८३
नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In