कञ्चनपुरको गोदावरी नदीमा आएको अचानक बाढीका कारण फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ। बुधबार श्राद्ध गर्न नदी पुगेका झलारी नगरपालिका निवासी ६ जना व्यक्ति बाढीले नदीको बीच भागमा थुनिएका थिए।
उनीहरू झलारी नजिकैको काठे पुल क्षेत्रबाट गोदावरी नदीमा श्राद्ध गरिरहेका बेला एक्कासि बाढी आएपछि बीचमै फसेका थिए। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दका अनुसार तत्कालै प्रहरी टोली खटाई सकुशल उद्धार गरिएको हो।
स्थानीयवासी र सुरक्षाकर्मीको सक्रियतामा उद्धार गरिएका ती व्यक्तिहरूलाई कुनै चोटपटक नलागेको प्रहरीले जानकारी दिएको छ। घटना सँगै नदी आसपास सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।